भारतमा शुक्रबार २ लाख ६४ हजार संक्रमित थपिए, ३१५ जनाको मृत्यु – Nepal Press

भारतमा शुक्रबार २ लाख ६४ हजार संक्रमित थपिए, ३१५ जनाको मृत्यु

दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६४ हजार २०२ जना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा थप ३१५ जना संक्रमणले मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ९ हजार ३४५ जना निको भएका छन् ।

आजको संक्रमण दर बिहीबारभन्दा ६.७ प्रतिशतले बढी रहेको जनाइएको छ । त्यहाँ सक्रिय संक्रमण संख्या १२ लाख ७२ हजार पुगेको छ ।

भारतको दैनिक संक्रमणदर १४.७८ प्रतिशत पुगेको छ । भारतमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको संख्या ५७५३ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर