राष्ट्रिय पोशाक दिवसमा पञ्चेवाजासहित र्याली (तस्बिरहरु)


काठमाडौं । आज ईस्वी नयाँ वर्ष २०२२ सँगै नेपालमा राष्ट्रिय पोशाक दिवस पनि मनाइँदै छ । जनस्तरबाटै ९ वर्षअघि देखि यो दिवस मनाउन थालिएको हो ।
नवौं राष्ट्रिय पोशाक दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आज एक ¥याली निकाल्यो ।
बसन्तपुर डबलीबाट निकालिएको र्याली पर्यटन बोर्डमा पुगेर समापन भएको थियो । बोर्डमा आयोजना हुने एक कार्यक्रममा संस्कृतिविद सत्यमहन जोशीलाई सम्मान गर्ने कार्यक्रम छ ।
¥यालीमा सहभागी पुरुष–महिलाहरुले नेपालको राष्ट्रिय पोशाक तथा सांस्कृतिक पहिरन लगाएका थिए ।
उनीहरुले नेपाली राष्ट्रिय झण्डा बोकेका थिए भने पञ्चेबाजासमेत बजाइएको थियो ।
हेर्नुस केही तस्वीरः
तस्बिरहरु : गौरव पौडेल