माओवादीमा १५ पदाधिकारी, २९९ केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला – Nepal Press

माओवादीमा १५ पदाधिकारी, २९९ केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीमा १५ सदस्य रहेको पदाधिकारी संरचना निर्माण गर्ने भएको छ ।

नेता देव गुरुङले महाधिवेशनको बन्दसत्रमा पेश गरेको विधान संशोधन प्रस्तावमा पदाधिकारी संख्या १५ रहने व्यवस्था गरिएको हो ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचि, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ । मस्यौदा प्रस्तुत गर्दा गुरुङले पदाधिकारी समावेशी बनाइने उनले जानकारी दिएका छन् ।

यस्तै २९९ जनाको केन्द्रीय समिति राख्ने प्रस्ताव पनि गरिएको छ ।

जसमा १० प्रतिशत मनोयन गर्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय समितिमा कम्तिमा ३५ प्रतशित महिला, १५ प्रतिशत दलित समुदायको प्रतिनिधित्व हुने माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै मुस्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था संशोधित विधानको प्रस्तावमा गरिएको छ । माओवादीले सबै समूहबाट ४० वर्षसम्मका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ ।

त्यस्तै पदाधिकारी र सबै तहका समितिहरुमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर