एमालेको प्रतिनिधित्व गर्दै माओवादी महाधिवेशनमा पुगे शंकर पोखरेल – Nepal Press

एमालेको प्रतिनिधित्व गर्दै माओवादी महाधिवेशनमा पुगे शंकर पोखरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्र जारी छ । प्रज्ञा भवन कमलादीमा भइरहेको उद्घाटन समारोहमा शुभकामना दिन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू उपस्थित छन् ।

महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी छन् । ओली पार्टी कामले झापा गएका कारण एमालेको प्रतिनिधित्व गर्दै पोखरेलले आतिथ्यताका लागि पुगेका हुन् । आज बिहान प्रचण्डले टेलिफोनमार्फत महाधिवेशनको निम्तो दिएका थिए ।

माओवादीले उद्घाटन समारोहमा ११ दललाई निम्तो दिएको थियो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा महामन्त्री कुन्ती शाहीलगायत उपस्थित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर