लिग कप सेमिफाइनल- आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनह्याम भिड्ने – Nepal Press

लिग कप सेमिफाइनल- आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनह्याम भिड्ने

एजेन्सी । इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा टोटनह्याम र चेल्सीबीच प्रतिस्पर्धा हुने भएको छ ।

गएराति आआफ्नो खेल जितेर उनीहरुले एक अर्कासँगको भेट पक्का गरेका हुन् । चेल्सी र टोटनह्याम सन् २०१५ को फाइनलमा खेलेका थिए । चेल्सीले २-० ले खेल जितेर उपाधि उचालेको थियो । होम एण्ड अवेका आधारमा सेमिफाइनल चरणका खेल जनवरीम हुनेछ ।

आठ पटकको च्याम्पियन लिभरपुल पहिलो लेगमा लेस्टर सिटीविरुद्ध २-० ले जित निकाले पनि गएराति ३-१ ले पराजित भएपछि समग्रमा बराबरी हुँदा पेनाल्टीमार्फत नतिजा छिनोफानो गरिएको हो । पेनाल्टीमा लिभरपुल ५-४ ले विजयी रह्यो ।

यता, टोटनहमले वेष्ट ह्याम युनाइटेडलाई २–१ अन्तरले पराजित हरायो । चेल्सीले ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्‍यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *