माछा पोखरीमा डुवेर चौधरीको मृत्यु – Nepal Press

माछा पोखरीमा डुवेर चौधरीको मृत्यु

राजविराज । माछालाई दाना खुवाउन पोखरी पसेका एक व्यक्तिको आज डुबेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ ईटहर्वाका ५२ वर्षीय बाबुनन्द चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफ्नै माछापोखरीमा दाना हाल्न पोखरी गएका चौधरी घर नफर्केपछि आफन्तजनले खोज्ने क्रममा उनको शव पोखरीमा फेला पारेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर