ह्वाट्सएपले अञ्जान व्यक्तिले ‘लास्ट सिन’ हेर्न नमिल्ने बनाउँदै – Nepal Press

ह्वाट्सएपले अञ्जान व्यक्तिले ‘लास्ट सिन’ हेर्न नमिल्ने बनाउँदै

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप- ह्वाट्सएपले अञ्जान व्यक्तिहरू वा आफूले च्याट नगरेका प्रयोगकर्ताले आफ्नो ‘लास्ट-सिन’ स्ट्याटस हेर्न नमिल्ने तयारी गरिरहेको वाबेटाइन्फोले बताएको छ । यसअघि ह्वाट्सएपले बाइडिफल्ट नै सबैले हेर्न मिल्ने फिचर दिएको थियो ।

ह्वाट्सएपको नयाँ अपडेटपछि प्रयोगकर्ताले अन्तिम पटक कहिले ह्वाटसएप चेक गरेको थियो भन्ने अञ्जान मानिस पत्ता लगाउन सक्ने छैनन् । प्रयोगर्ताको गोपनियताप्रति सजग रहेर विभिन्न अपडेट ल्याइरहेको ह्वाट्सएपले यसअघि ‘इन्ड टू इन्ड’ इन्क्रिप्सनको सुविधा पनि दिएको थियो ।

वाबेटाइन्फो ह्वाट्सएपको बारेमा आउँदै गरेका सूचनाहरू आधिकारिक रूपमा सार्वजनिक हुनु अगाडि नै लिग गर्ने प्लेटफर्म हो । ह्वाटसएपसँग सम्बन्धित सूचनाहरू वाबेटाइन्फोले लिक गरेको थियो । र, ती सबै सूचनापछि तत्य सावित भएका थिए ।

त्यसैले यो लिकलाई पनि सम्भावित अपडेट मान्न सकिन्छ । यद्यपि, यसबारे आधिकारिक घोषणा भने ह्वाट्सएपले गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर