कलेज ड्रेसमा टीकटक बनाउन रोक लगाउने निर्णय – Nepal Press

कलेज ड्रेसमा टीकटक बनाउन रोक लगाउने निर्णय

काठमाडौं । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले क्याम्पस पोशाकमा टीकटक बनाउन रोक लगाउने निर्णय गरेको छ । विद्यार्थीले स्मार्टफोन प्रयोग गरी क्याम्पस परिसरभित्र टीकटक बनाएको गुनासो आएपछि क्याम्पसले सूचना निकाल्दै यस्तो निर्णय गरेको हो ।

अबदेखि क्याम्पसको संरचना आउने गरी क्याम्पस पोशाकमा टीकटक भिडिओ बनाउन रोक लगाएको हो । सो कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिको मोबाइल नियन्त्रणमा लिई आचारसंहित अनुसार कारबाही गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर