राप्रपा महाधिवेशन: उम्मेदवारी मनोनय सुरू, मतदान भोलि बिहान (तालिकासहित) – Nepal Press

राप्रपा महाधिवेशन: उम्मेदवारी मनोनय सुरू, मतदान भोलि बिहान (तालिकासहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको मनोनय प्रक्रिया सुरू भएको छ । हिजो नै चुनावी प्रक्रिया सुरू हुने भनिएकोमा मतदाता नामावलीको विषयमा विवाद हुँदा निर्वाचन प्रक्रिया आजमात्र सुरू भएको हो ।

राप्रपाको केन्द्रीय निर्वाचन समितिका अधिकृत अधिवक्ता राजु बस्नेतले साढे ११ बजेदेखि उम्मेदवारी मनोनय शुरु भएको हो । उम्मेदवारी दिने समय साढे १ बजेसम्म राखिएको छ । बस्नेतले करिब ५ सय मनोनयन फारम वितरण गरिएको र त्यो भरेर उम्मेदवारले दर्ता गराउने क्रमसमेत सुरू भएको नेपाल प्रेसलाई जानकारी दिए ।

राप्रपा महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् ।

अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ ।

यस्तो छ चुनावी कार्यतालिका:

मनोनयन दर्ता – ११: ३० देखि १: ३० सम्म

उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन- २ बजे

दावी/विरोध र उम्मेदवारको नाम फिर्ता- २ देखि ४ बजेसम्म

उम्मेदवारको अन्तिम नामावली प्रकाशन- ५ बजे

मतदान : भोलि (शनिबार) बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर