राप्रपा महाधिवेशन – Nepal Press
राप्रपा महाधिवेशन

पराजय हाँसीहाँसी स्वीकार्छौं, निर्मल निवासको हस्तक्षेप स्वीकार्दैनौं

महाधिवेशनको क्रममा भएका प्रतिस्पर्धालगायत सबै विषयवस्तु हामी भृकुटीमण्डपमा नै छोड्न तयार छौं । बिर्सन तयार छौं । तर, जुन ढंगबाट निर्मल निवासको हस्तक्षेप भएको छ, त्यो स्वीकार्य हुन सक्दैन । राप्रपाले बोकेको, आत्मसात गरेको सिद्धान्त र आदर्शमाथि प्रश्न उठ्नेगरी यो हस्तक्षेप भएको छ ।