कतारको उच्चस्तरीय टोली र श्रममन्त्री श्रेष्ठविच शिष्टाचार भेट – Nepal Press

कतारको उच्चस्तरीय टोली र श्रममन्त्री श्रेष्ठविच शिष्टाचार भेट

काठमाडौं । नेपाल कतार संयुक्त समितिको चौथो बैठकका लागि नेपाल आएको कतारको उच्चस्तरीय टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहितको टोलीसंग शिष्टाचार भेट गरेको छ ।

कतारको श्रम मन्त्रालयका सचिव महमद हसन अल लवाद्ली नेतृत्वको टोलीसंगको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

कतार नेपालको विश्वासिलो मित्र रहेको र श्रम सम्बन्धले यसलाई थप प्रगाढ बनाएको मन्त्री श्रेष्ठले बताए । दुई देशबीच हुने संयुक्त समितिको वैठकले सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने बिश्वास व्यक्त गरे ।

दक्ष जनशक्ति विकासका लागि संयुक्त रुपमा काम गर्ने, कतारबाट फर्केका श्रमिकको आर्थिक सामाजिक पुनःएकीकरणका लागि संयुक्त परियोजना निर्माण गर्ने, कतार भिषा सेन्टरको व्यवस्थापनका साथै कोभिड महामारीले कतारमा रहेका नेपाली श्रमिकलाई परेको असर लगायतबारे उनिहरुविच छलफल भएको छ ।

शुक्रबार हुने संयुक्त समितिको प्राविधिक वैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन, पुनःएकीकरण कार्यक्रम, कतारमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने लगायतका विषयमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *