बाइडेनको डेमोक्रेसी समिटमा देउवासहितको प्रतिनिधिमण्डललाई पठाउन स्वीकृत दिने मन्त्रिपरिषद्को निर्णय – Nepal Press

बाइडेनको डेमोक्रेसी समिटमा देउवासहितको प्रतिनिधिमण्डललाई पठाउन स्वीकृत दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मंसिर २३ र २४ गते आयोजना गर्ने लोकतन्त्र शिखर सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली प्रतिनिधिमण्डललाई पठाउने स्वीकृत मन्त्रिपरिषद्ले दिएको छ । अमेरिकाका राष्टपतिबाट भर्चुअल हुने लोकतन्त्र शिखर सम्मेलन समिट फर डेमाक्रोसीमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् । समिट फर डेमोक्रेसीमा प्रम देउवासहितको प्रतिनिधिमण्डललाई पठाउने निर्णय भएको उनले बताए ।

अमेरिकाले नेपाल, भारत, माल्दिभ्स र पाकिस्तानसहित विभिन्न ११० मुलुकका सरकार प्रमुखलाई उक्त भर्चुअल सम्मेलनमा भाग लिन निम्तो दिएको छ । तर, चीन र रुसलाई निम्तो नदिइएकाले ती मुलुकले विरोध गरेका छन् । गत महिना स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२६ मा भाग लिने क्रममा देउवा र बाइडेनबीच भेटवार्ता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर