अपराध नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर ललितपुरमा ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ सञ्चालनमा – Nepal Press

अपराध नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर ललितपुरमा ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ सञ्चालनमा

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले अपराध नियन्त्रण गर्न ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ सञ्चालनमा ल्याएको छ । परिसरले सोमबार एक कार्यक्रमको आयोजना गर्दै महानगरीय प्रहरी कार्यालय काठमाडौंका निमित्त कार्यालय प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) उत्तमराज सुवेदीले ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’को सुभारम्भ गरेका हुन् ।

विभिन्न माध्यमबाट प्राप्त हुने सूचना तथा खबरलाई छिटो एवम चुस्त रुपमा प्रहरी परिचालन गरी अपराध रोकथाम नियन्त्रण गरिएका प्रहरी कारवाहीको सम्पुर्ण प्रक्रियासमेत कम्प्युटरमा अभिलेखिकृत हुने गरी ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ स्थापना गरेको हो । उक्त स्मार्ट पुलिस कन्ट्रोल रुम निर्माण कार्यमा सहयोग पुर्याउने संघसंस्था तथा व्यक्तिलाई डीआईजीपी सुवेदीले प्रशंसा पत्र वितरण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *