५५ अंकले बढ्यो नेप्से, ४५ दिनयताकै उच्च कारोबार – Nepal Press

५५ अंकले बढ्यो नेप्से, ४५ दिनयताकै उच्च कारोबार

काठमाडौं । आज सेयर कारोबारमापक नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६२ बिन्दुमा पुगेको छ । १० वटा कम्पनीमा सकारात्मक सर्किटसमेत लागेको छ ।

आज सेयर बजारमा ७ अर्ब ८२ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । ४५ दिनयताको यो कारोबार उच्च हो ।
आज १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बाँकी ४ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ ।

नेप्सेका अनुसार आज २३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार रुपियाँ बराबरको कारोबार भयो ।

बैंकिङ समूहबाहेक आज अन्य सबै समूहमा हरियाली भएको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा समूह ६०३.०३ अंक र विकास बैंक समूह ३३८.०२ अंकले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर