जापानमा बन्यो उड्ने मोटरसाइकल – Nepal Press

जापानमा बन्यो उड्ने मोटरसाइकल

काठमाडौं । जापानमा स्टार्टअप कम्पनीले ८ करोड मूल्य बराबरको आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ । यसलाई होभरबाइक पनि भनिन्छ ।

जापानमा निर्मित होभरबाइकको मूल्य ६ लाख ८० हजार डलर अर्थात् झन्डै ८ करोड १६ लाख नेपाली रूपैयाँ छ । होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटिड एडिसन’ बुधबारदेखि जापानी बजारमा उपलब्ध हुन थालेको छ ।

उक्त कम्पनीका लगानीकर्ता इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके हुन् । यो बाइक एकपटक चार्ज गरेपछि १ सय किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलजीजले जानकारी दिएको छ ।

‘आगामी वर्षमा एक जना चढ्न मिल्ने ३ सय केजी तौल भएका २ सय वटा होभरबाइक उत्पादन गर्नेसमेत कम्पनीको लक्ष्य छ । अहिलेसम्म जमिनमा र आकाशमा यात्रा गर्ने विकल्प मात्र थियो । हामीले नयाँ यातायातको माध्यम दिन खोजेका हौं,’ टेक्नोलजीजका प्रमुख कार्यकारी दाइसुके कातानोले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *