ओलीको दावी- एमालेले चाह्यो भने यो सरकार एक सातामा ढल्छ – Nepal Press

ओलीको दावी- एमालेले चाह्यो भने यो सरकार एक सातामा ढल्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहेको अहिलेको सरकार सात दिनभित्र ढल्ने दावी गरेका छन् । सरकारमा लोभीपापीमात्रै रहेको भन्दै ओलीले उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने बताए ।

‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ,’ एमालेको वागमती प्रदेश कमिटी बैठकमा उनले भने,‘यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ ।’

आफ्नो अभिष्ट भने सरकार बनाउने नभइ देश बनाउने भएको ओलीको भनाइ छ । ‘तर हाम्रो अभिष्ट सरकार बनाउने होइन । देश बनाउने र सरकार बनाउने कुरा फरक छ । हामी जित्ने, सरकार बनाउने कुरा किन गरिराखेका छौं भने जित्नका लागि । देश बन्ने निश्चित गरेरमात्रै हामी सरकार बनाउँछौं ।’


प्रतिक्रिया

One thought on “ओलीको दावी- एमालेले चाह्यो भने यो सरकार एक सातामा ढल्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर