अखिल छैठौंको अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित, विमल पोखरेल विद्यार्थी राजनीतिबाट बिदा – Nepal Press

अखिल छैठौंको अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित, विमल पोखरेल विद्यार्थी राजनीतिबाट बिदा

काठमाडौं । नेकपा मसालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न २२ औँ राष्ट्रिय सम्मेलनले कुँवरको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा गणेश अधिकारी र नविन पाण्डे तथा महासचिव सुवास जिसी चयन भएका छन् । सचिवमा सरोजमान सिंह र ईन्द्रमणी पाण्डेलाई चयन गरेको सम्मेलनले कोषाध्यक्षमा प्रतिभा आचार्यलाई निर्वाचित गरेको छ ।

सचिवालय सदस्यमा हरि बुढा, भीमराज जोशी, हेमराज भट्ट र चोपबहादुर विक चयन भएका छन् । सदस्यहरूमा पुरन पोखरेल, देवेन्द्र पौडेल, खगेन्द्रा विष्ट, नमराज चन्द, विवेक जिसी, टंक अवस्थी, नविन केसी, सागर बेलवासे, ऋषि आचार्य, सूर्य पौडेल, विमल सापकोटा, कमल आचार्य, सुदीप पौडेल, केशव बुढाथोकी, दानु सारु र विमल पाण्डे रहेको निर्वाचन समितिले जनाएको छ ।

सम्मेलनले लक्ष्मण विक, दीपेन्द्र पौडेल, जीवन नेपाली, सञ्जिला बुढा, सगर सुवेदी, कर्म जोशी, तृसना श्रृनेत र गणेश सापकोटालाई वैकल्पिक सदस्यमा चयन गरेको छ । निवर्तमान अध्यक्ष विमल पोखरेल र निवर्तमान सचिव गोपालप्रसाद भट्टराई सल्लाहकार बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर