कांग्रेस जिल्ला अधिवेशन : पौडेल पक्ष ३, देउवा पक्ष २ – Nepal Press

कांग्रेस जिल्ला अधिवेशन : पौडेल पक्ष ३, देउवा पक्ष २

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । हालसम्म परिणाम आएका ५ मध्ये २ जिल्ला सभापति संस्थापन पक्ष अर्थात सभापति शेरबहादुर देउवानिकट छन् । बाँकी ३ सभापति वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन् ।

संस्थापन पक्षले मनाङ र हुम्लामा सभापति जितेको छ भने पौडेल पक्षबाट मुस्ताङ, रुकुम पूर्व र कालीकोटमा सभापति चयन भएका छन् । मतगणना जारी रहेको संखुवासभामा पौडेल पक्षका दीपक खड्का देउवा पक्षका राइमान राईभन्दा आठ गुणा बढी मतले अग्रता लिइरहेका छन् । त्यस्तै दोलखामा पौडेल पक्षका बर्मा लामा पहिलो र कृष्ण सिटौला पक्षका तारा खड्का दोस्रो हुँदा देउवा पक्षका रुद्रबहादुर खड्का तेस्रो भएका छन् ।

दोलखामा सभापति चयनका लागि बर्मा लामा र तारा खड्काबीच सोमबार निर्वाचन हुनेछ ।

सभापति शेरबहादुर देउवा पक्ष:

मनाङ- शंकर गुरुङ
हुम्ला- मोहनविक्रम सिंह

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष:

मुस्ताङ- रोमी गौचन थकाली
रुकुम पूर्व- केशरमान रोका
कालीकोट- अम्मबहादुर शाही


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर