मदिराको तालमा श्रीमतीको हत्या – Nepal Press

मदिराको तालमा श्रीमतीको हत्या

रूपन्देही । मदिराको तालमा अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका ३० वर्षीय विष्णु विकले आफ्नी २९ वर्षीया श्रीमती सीता विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता गणेश खनालले बताए ।

मंगलबार साँझ मदिरा सेवन गरी लठ्ठीले हिर्काएर श्रीमतीको हत्या गरेको सूचना अधिकारी खनालले बताए । विष्णु विकलाई नियन्त्रणमा लिइ आवश्यक अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सीताको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *