एमाले बैठक : विधान महाधिवेशनका प्रतिनिधि घट्ने, प्रदेशलाई यथावत र विभागलाई ५ जना – Nepal Press

एमाले बैठक : विधान महाधिवेशनका प्रतिनिधि घट्ने, प्रदेशलाई यथावत र विभागलाई ५ जना

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनका लागि तोकिएका प्रतिनिधिको संख्या घटाइने भएको छ । यसअघि ३ हजार प्रतिनिधि रहने भनिएकामा अब त्यो संख्या घट्ने भएको हो ।

केन्द्रीय कमिटीको जारी बैठकमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेलले व्यवस्थापन गर्न जटिल भएको भन्दै संख्या घटाउने प्रस्ताव राखेकामा त्यसमाथि छलफल भइरहेको छ ।

एक केन्द्रीय सदस्यका अनुसार प्रदेशबाट प्रतिनिधि घटाउनेबारे छलफल भए पनि यथावत नै हुने भएको छ ।

त्यस्तै जिल्ला कमिटीका पदाधिकारीसहित बढीमा ७ जना र केन्द्रीय विभागबाट यसअघि १० जना भनिएकोमा अब ५ जना सहभागी हुनेगरी प्रस्ताव अघि बढेको छ ।

अन्य क्षेत्रबाट पनि प्रतिनिधित्व घटाइने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर