खेलपछि अफ्रिदीले यसरी साटे समर्थकसँग खुशी र उत्साह (तस्बिर र भिडिओ) – Nepal Press
खेलपछि अफ्रिदीले यसरी साटे समर्थकसँग खुशी र उत्साह (तस्बिर र भिडिओ)
उमेश कार्की २०७८ असोज ९ गते १५:५८
२०७८ असोज ९ गते १५:५८

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा काठमाडौं किङ्ग्स –११ ले साविक विजेता ललितपुर प्याट्रिओट्सलाई ७ विकेटको फराकिलो नतिजामा पराजित गर्‍यो ।

बहुप्रतिक्षित बनेको ईपीएलमा अभूतवपूर्व चर्चित क्रिकेटरहरूको उपस्थिति छ । तीमध्ये सबैभन्दा चर्चित खेलाडी शाहिद अफ्रिदीलाई काठमाडौंले आफ्नो टोलीमा भित्र्याएको छ । चौथो पटकको प्रयासमा काठमाडौंले ललितपुरविरुद्ध पहिलो जित निकाल्दा अफ्रिदी पनि काठमाडौंको टोलीमा थिए ।

र, यो वर्षको ईपीएलको प्रमुख आकर्षणको केन्द्र बनेका शाहिद अफ्रिदीले खेलपछि समर्थकहरुसँग उत्साह र खुशी यसरी साटेका थिए ।