धनुषाधामको पोखरीमा आमाछोरा मृत भेटिए – Nepal Press

धनुषाधामको पोखरीमा आमाछोरा मृत भेटिए

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका-२ धरमपुरस्थित पोखरीमा आमा-छोराको शव भेटिएको छ ।

स्थानीय अशोक सिंहकी श्रीमती अन्दाजी २८ वर्षीया अर्चना सिंह र ४ वर्षीय छोरा कुशकुमार सिंहको शव सार्वजनिक पोखरीमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पोखरीमा तैरिरहेको अवस्थामा भेटिएका उनीहरूको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको छ ।

सेटरिङ कार्पेन्टरको काम गर्ने श्रीमान् अशोक भने आइतबार नै कामका लागि महेन्द्रनगरतर्फ गएको र राती घर नफर्केको बताइएको छ ।

ढल्केबरका प्रहरी निरीक्षक सुरेश ठाकुरका अनुसार दुवैजनाको शरीरमा कतै चोटपटक लागेको देखिँदैन । तत्काल केही भन्न सकिने अवस्था नरहेको भन्दै उनले अनुसन्धान शुरू गरिसकेको र पोष्टमार्टमपछि थप खुल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *