एमसीसी नेतृत्वलाई माधव नेपालले भने : सत्ता गठबन्धनमा छलफल गरेर सहमतिमै अघि बढाउँछौं(भिडिओ)


काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार र सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज बेलुका भेटवार्ता भएको छ ।
सिंहदरवारमा भएको भेटवार्तामा सुमारले एमसीसी अनुमोदन प्रक्रिया बढाउन आग्रह गरेकी थिइन् । जवाफमा नेपालले यसबारे सत्ता गठबन्धनमा छलफल भैरहेको र एमसीसीबारे साझा दृष्टिकोण बनाएर प्रचलित कानूनअघि अघि बढाउन जवाफ दिएका छन् ।
नेपालले भेटमा एमसीसीका कतिपय प्रावधानमा जिज्ञासा राखेको स्रोतले जनाएको छ । उपाध्यक्ष सुमारले बुधबार नै यसबारे जवाफ दिएको र अमेरिका खुला संवादका लागि तयार रहेको बताएकी थिइन् ।
नेपालले जनतालाई कन्भिन्स गराएर मात्रै सो सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको रहेको पनि बताएका छन् ।
त्यसक्रममा फातीमाले एमसीसी कुनै सैन्य रणनीति अन्तरगतको कार्यक्रम नभएकोभन्दै अध्यक्ष नेपाललाई आश्वास्त बनाउएकी छन् । अध्यक्ष नेपालले भने एमसीसीबारे भ्रमपूर्ण सन्देश दिने काम स्वयम् अमेरिकी सरकारबाट भएको बताएको भेटमा सहभागी नेता गंगालाल तुलाधरले जानकारी दिए ।
तुलाधरले भने– ‘राष्ट्रहितभन्दा बाहिर गएर सो सम्झौंता अघि बढन सक्दैन भन्ने कुरामा हामी दृढ छौं । हामी कमसेकम पनि पाँच पार्टीको बीचमा सहमती बनाएर यो कुरा गर्ने कि नगर्ने निर्णयमा पुग्छौं । राजनीतिक दलहरु जो सरकारमा सामेल छन । ती सबै राजनीतिक दलहरुको कन्सर्नको कुरा हो । त्यसैले हामीहरु आफू पनि छलफल गरेर सहमतीमा अघि बढछौं ।’
सुमारले आजै दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेकी थिइन् । ओलीले सत्तारुढ दलले पोजिसन क्लियर गरेपछि मात्र एमालेले दृष्टिकोण बनाउने बताएका थिए । काठमाडौंको चारदिने भ्रमणमा आएकी सुमारले प्रधानमन्त्री र अर्थमन्त्रीसहित सबै दलका नेताहरुलाई भेट्ने कार्यक्रम छ ।
कुनै हालतमा रास्ट्रघाती विधेक पारित हुनुहुदैन।