मनसुन सक्रिय हुँदा देशभर वर्षा, बुधबारदेखि घाम लाग्ने अनुमान – Nepal Press

मनसुन सक्रिय हुँदा देशभर वर्षा, बुधबारदेखि घाम लाग्ने अनुमान

काठमाडौं । मनसुन वायुका कारण एक सातादेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । लगातारको झरीले जनजीवन कष्टकर भइरहेको अवस्थामा अझै दुई दिन घाम नलाग्ने मौसमविदले जानकारी दिएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका सबै भूभागमा वर्षा भइरहेको छ । दिउँसोदेखि देशैभर वर्षा हुनेछ ।

‘यो मनसुन सक्रिय भएको समय हो । एक सातादेखि वर्षा भइरहेको छ र यो क्रम मंगलबारसम्म जाने देखिन्छ,’ उनले नेपाल प्रेससँग भनिन्, ‘वर्षा गराउने न्यूनचापीय रेखा नेपालको तराईको भूभागबाट नजिकै बसेको धेरै समय भइसक्यो । त्यसैले मनसुन सक्रिय भइरहेको हो ।’

नेपालमा मनसुन सकिन अझै डेढ महिना बाँकी छ । मौसमविदले नेपालको हकमा जुलाई र अगष्टलाई मनसुनको मुख्य सिजन मान्ने गर्छन् ।

मनसुनको समयमा पनि मौसम कहिले सक्रिय हुने त कहिले निश्क्रिय हुने गर्छ । एक सातादेखि मनसुन सक्रिय छ र बाढी, पहिरो र डुवानको जोखिम अझै कम भइनसकेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *