शनिबार कोभिड संक्रमणले ३० जनाको मृत्यु, दुई हजार संक्रमित थपिए – Nepal Press

शनिबार कोभिड संक्रमणले ३० जनाको मृत्यु, दुई हजार संक्रमित थपिए

२२ जिल्लामा एक्टिभ केस ५०० भन्दा माथि

काठमाडौं । कोभिड-१९ संक्रमणको कारण पछिल्लो २४ घण्टामा मुलुकमा ३० जनाको मृत्यु भएको छ । शनिबार २०७५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७५ नमुना (७७०३ पीसीआर र ५३७२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

२३८२ जना निको भएका छन् । निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या केही घटेर ३९,३२१ पुगेको छ ।

काठमाडौंमा ४८३, ललितपुरमा १०३, भक्तपुरमा ८१, कास्कीमा ९१ जना संक्रमित थपिएका छन् । २२ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।

६३ हजार ९६३ पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् । ३८ लाख ३५ हजार जनाले पूर्ण डोज खोप लगाएका छन् । एक डोज खोप लगाउनेको संख्या ४९ लाख ३५ हजार छ ।

कूल संक्रमित संख्या (पीसीआर परीक्षण गर्दा) ७ लाख ४५ हजार र एन्टीजेन परीक्षण गर्दा ७९ हजार संक्रमित पुष्टि भएका छन् । कूल मृत्यु हुने संख्या १० हजार ४८५ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *