क्यान्सरको आशंकापछि मुम्बईमा उपचार गराउँदै प्रदीप गिरी, भेट्न जाँदै निधि – Nepal Press

क्यान्सरको आशंकापछि मुम्बईमा उपचार गराउँदै प्रदीप गिरी, भेट्न जाँदै निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता, प्रतिनिधिसा सदस्य एवं समाजवादी चिन्तक प्रदीप गिरी अस्वस्थ भएका छन् ।

घाँटीमा गम्भीर समस्या देखिएपछि मुम्बईको हिन्दुजा अस्पतालमा उनको उपचार भइरहेको छ । चिकित्सकहरुले क्यान्सरको आशंका गरेर उपचार अगाडि बढाएका छन् ।

डा. सुल्तान प्रधान नेतृत्वको टिम गिरीको उपचारमा संलग्न रहेको छ । ‘घाँटीमा देखिएको गम्भीर समस्याबारे उपचार भइरहेको छ । क्यान्सरको आशंका छ तर डिक्लियर भइसकेको छैन’, गिरीनिकट स्रोतले भन्यो ।

यसैबीच, गिरीलाई भेट्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि मुम्बई जाने भएका छन् । जनकपुरबाट दरभंगा हुँदै निधि मुम्बई जानेछन् । निधिको साथमा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे पनि जानेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर