बुधबार कोभिड संक्रमणले ४२ जनाको मृत्यु, ३४ सय संक्रमित थपिए – Nepal Press

बुधबार कोभिड संक्रमणले ४२ जनाको मृत्यु, ३४ सय संक्रमित थपिए

काठमाडौं उपत्यकामा ९९३ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३४०३ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ८३८ कूल नमुना (११ हजार ८३९ पीसीआर र ४९९९ एन्टीजेन) परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बुधबार कोभिडको कारण ४२ जनाको मृत्यु भएको छ । २१०४ जना डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा ९९३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा मुलुकको सक्रिय संक्रमित संख्यामा वृद्धि भएर ४० हजार ३८३ पुगेको छ ।

मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले २१ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी रहेको बताए । उनका अनुसार बुधबार संक्रमण दर २२ प्रतिशत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *