काठमाडौंमा अस्ट्राजेनेका खोपको पहिलो डोज लगाउन सुरु, कसले लगाउन पाउनेछन् ? (खोप केन्द्र सूचीसहित) – Nepal Press

काठमाडौंमा अस्ट्राजेनेका खोपको पहिलो डोज लगाउन सुरु, कसले लगाउन पाउनेछन् ? (खोप केन्द्र सूचीसहित)

काठमाडौं । काठमाडौं जिल्लामा आजदेखि अस्ट्राजेनेकाको पहिलो डोज लगाउन सुरु भएको छ । खोप लगाउन बाँकीमध्ये प्राथमिकता निर्धारण गरी महानगर र नगरपालिकामा पहिलो मात्रा दिन थालेको हो ।

काठमाडौं महानगरभित्र, राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, परोपकार प्रसूति गृह अस्पताल थापाथली, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर र सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा खोप केन्द्र तोकिएको छ ।

कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नागार्जुन नगरपालिका, गोकर्णेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, टोखा नगरपालिकामा पनि अभियान सञ्चालन भएको छ ।

कसले लगाउन पाउनेछन् ?

स्वास्थ्य कार्यालय प्रमुख खड्काका अनुसार यसपटक विश्वविद्यालय तहको परीक्षा दिने प्रवेश पत्र लिईसकेका विद्यार्थी, नयाँ संसद भवन निर्माणमा सम्लग्न कर्मचारी तथा मजदुर, बैदेशिक रोजगारी, अध्ययन, र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिहरु, मिर्गौलाले काम नगरी डायलासिस गर्नु पर्ने र गरेका व्यक्तिहरु, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका विरामीहरु तोकिएका छन् ।

यस्तै रिहाव सेन्टरमा रहेका व्यक्ति र सो स्थानमा काम गर्ने कर्मचारीहरु, औद्योगिक क्षेत्रमा कार्यरत कर्मचारीहरु र मजदुरहरु, माइती नेपालले संरक्षणमा राखेका महिला तथा किशोर किशोरीहरु, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवारहरु र ३० बर्ष माथि उमेरका व्यक्तिहरु पनि यसपटक खोप लगाउने प्राथमिकतामा परेको बताए ।

साथै, एप्समा दर्ता भई विद्युतीय दर्ता नम्बर लिएर पुग्ने १८ बर्ष माथिका सबै व्यक्तिले पनि खोप लगाउन पाउनेछन् । खोप लगाउनका लागि अहिले नागरिकता वा कुनै निकायले जारी गरेको परिचय पत्र र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहित नम्बर लिएर खोप केन्द्रमा जानु पर्दछ ।

 


प्रतिक्रिया

One thought on “काठमाडौंमा अस्ट्राजेनेका खोपको पहिलो डोज लगाउन सुरु, कसले लगाउन पाउनेछन् ? (खोप केन्द्र सूचीसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर