आज रातिदेखि सुरु हुने इङ्लिस प्रिमियर लिगमा आर्सनलविरुद्ध ब्रेन्टफोर्डले डेब्यू गर्दै – Nepal Press

आज रातिदेखि सुरु हुने इङ्लिस प्रिमियर लिगमा आर्सनलविरुद्ध ब्रेन्टफोर्डले डेब्यू गर्दै

काठमाडौं । सबैभन्दा प्रतिष्ठित राष्ट्रिय लिग- इङ्लिस प्रिमियर लिग आज रातिदेखि सुरु हुँदैछ । शुक्रबार राति हुने प्रिमियर लिगको पहिलो खेलमा नव प्रवेशी ब्रेन्टफोर्डले आर्सनलसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाली समयअनुसार राति १२ः४५ बजे ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा हुने खेल ब्रेन्टफोर्डको प्रिमियर लिगमा पहिलो खेल हुनेछ । गत सिजन दोस्रो डिभिजन– च्याम्पियनसिपको तेस्रो स्थानमा रहेर प्ले अफ हुँदै ब्रेन्टफोर्ड पहिलो पटक इङ्लिस फुटबलको शीर्ष डिभिजनमा बढुवा भएको हो ।

प्रिमियर लिगअन्तर्गत शुक्रबार राति एक खेल मात्रै हुनेछ भने शनिबार राति सात तथा आइतबार राति दुई खेल हुनेछन् ।

शनिबार राति हुने खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडसँग खेल्ने छ । यस्तै च्याम्पियन्स लिग विजेता चेल्सीले क्रिस्टल प्यालेससँग खेल्दा लिभरपुलले नर्विच सिटीको सामना गर्नेछ ।

साविक विजेता म्यानचेस्टर सिटीले भने आइतबार राति टोटेनह्याम हट्सपरसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *