महिनादिनसम्म सरकार विस्तार गर्न नसक्नु प्रधानमन्त्रीको कमजोरी: डा.शेखर कोइराला – Nepal Press

महिनादिनसम्म सरकार विस्तार गर्न नसक्नु प्रधानमन्त्रीको कमजोरी: डा.शेखर कोइराला

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य डा. शेखर कोइरालाले केन्द्रीय कार्यालयमा नभएर सभापतिको घरमा बैठक बस्नु दुखको विषय रहेको बताए ।

लामो समयदेखि दर्जनौ मन्तालय खाली हुदाँ सरकारको काम प्रभावित भएको र महिनादिनसम्म प्रधानमन्त्रीले सरकार विस्तार गर्न नसक्नु प्रधानमन्त्रीको कमजोरी रहेको उनले बताए ।

त्यस्तै पार्टीका काममा अल्मलिएर प्रधानमन्त्रीले सरकारबाट काम देखाउन गारो परेको बताए । क्रियाशीलमा विवाद छैन भनेर समिति र सभापतिले भनेको स्मरण गराउदै शेखरले त्यसो भय नियमित महाधिवेशन गर्न के समस्या पर्यो भनी सोधेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर