ओलीको स्वास्थ्यलाई लिएर संसदमा एमाले र माओवादी आरोप-प्रत्यारोप (भिडियो) – Nepal Press

ओलीको स्वास्थ्यलाई लिएर संसदमा एमाले र माओवादी आरोप-प्रत्यारोप (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्य अवस्थालाई लिएर सदनमा एमाले र माओवादी सांसदबीच आरोप-प्रत्यारोप भएको छ ।

नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ओलीको स्वाथ्यलाई लिएर टिप्पणी गरेपछि प्रनिधिसभाको बिहीबारको बैठकमा विवाद भएको हो ।

यादवको टिप्पणीमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिवाद गरे । प्रतिनिधिसभको विशेष समयमा यादवले ओलीलाई ‘मेन्टली र फिजिकली’ ठीक नभएको अभिव्यक्ति दिएपछि प्रमुख सचेतक भट्टराईले नियमापत्ति गरे ।

भट्टराईले ती शब्द अमर्यादित र संसदलाई नसुहाउने अभिव्यक्तिहरू गम्भीर र आपत्तिजनक भएको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।

यादवले भने आफूले सो कुरा एउटै पार्टी नेकपा भएका बेला पनि भनेको जिकिर गरे ।


प्रतिक्रिया

One thought on “ओलीको स्वास्थ्यलाई लिएर संसदमा एमाले र माओवादी आरोप-प्रत्यारोप (भिडियो)

  1. खाते आफु मन्त्री हुँदा बौलाएर डिएफओ लाई चडकन लगाउने अहिले जनताको वास्तविक कुरा संसदमा गर्दा ओली लाई पागल भन्छस

Leave a Reply to चन्द्र प्रकाश केसि Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर