नर्भिकमा बाथ र हर्मोन रोगको निःशुल्क ओपिडी सेवा सञ्चालन हुने – Nepal Press

नर्भिकमा बाथ र हर्मोन रोगको निःशुल्क ओपिडी सेवा सञ्चालन हुने

काठमाडौं । नर्भिक अस्पतालको निःशुल्क आपीडी अभियान अन्र्तगत शनिवार दुई विशेषज्ञहरुले सेवा दिने भएका छन् ।

नर्भिकमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ डा. मधु पाण्डे र वरिष्ठ बाथरोग विशेषज्ञ डा. अभिलाषा शाहले निःशुल्क ओपिडी सेवा दिने भएका छन् ।

सुगर, थाइराइड तथा हर्मोनसँग सम्बन्धित जुनसुकै समस्या भएका बिरामीले लाभ लिनसक्नेछन् ।

नर्भिकले दुई साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा आउने शनिवार डा.द्वयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

प्रत्येक शनिवारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइन भएको छ ।

नर्भिक अस्पतालका सीइओ अजयकुमार मिश्रले प्रत्येक शनिवार अलग–अलग विशेषज्ञहरुलाई फ्री ओपिडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर