एनआरएन केन्द्रीय सचिवमा सिंखडाद्वारा उम्मेदवारी घोषणा – Nepal Press

एनआरएन केन्द्रीय सचिवमा सिंखडाद्वारा उम्मेदवारी घोषणा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोवर तेस्रो साता हुने १० औं महाधिवेशनमा सचिव पदमा बेलायतस्थित एक सक्रिय अभियन्ताले उम्मेदवारी दिने भएका छन् । एनआरएन बेलायतका संस्थापक सदस्य रामशरण सिम्खडाले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका सिम्खडा संघको केन्द्रीय सदस्य तथा विधान संशोधन समितिको सहसंयोजक हुन् ।

उनले गैरआवासीय नेपाली संघमा संस्थागत स्थायित्व र विकास आफ्नो उम्मेदवारीको एजेन्डा हुने बताएका छन् । संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरुको आग्रहमा उम्मेदवारी दिने निचोडमा आफू पुगेको उनले जानकारी दिए ।

धादिङमा जन्मिएका सिम्खडासँग १२ वर्ष अन्तराष्ट्रिय दातृसंस्थासँग काम गरेको अनुभव छ । उनले २७ सयभन्दा बढी संघसंस्था आबद्धता रहेको गैरसरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्ष र कार्यकारी संयोजक, नेपाल जेसिसको केन्द्रीय प्रशिक्षक, बिभिन्न परोपकारी संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् ।

सन् २००१ मा बेलायत पुगेका सिंखडाकै सक्रियतामा सन् २००५ मा गैरआवासीय नेपाली संघ युकेको स्थापना भएको हो भने २०१२ मा उनी एनआरएन यूकेको राष्ट्रिय संयोजक हुँदा अन्तराष्ट्रीय पत्रकारिता पुरस्कार एनआरएन स्थापना गरेका थिए ।

उनले संघभित्र दुई कार्यकाल आइसीसी सदस्य, विधान समिति संशोधन समितिमा तीन पटक सदस्य र संघको परोपकार समितिमा सदस्य सचिव रहेर काम गरिसकेका छन् । सन् २०११ को एनआरएनए युकेको चुनावमा उनी महासचिव पदमा विजयी भएका थिए । बेलायतस्थित रेडिङ विश्वविद्यालयमा कार्यरत सिंखडाले नेपालमा हाईड्रो र वैकिङ क्षेत्रमा समेत लगानी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर