पहिरोले आठबीसको बस्ती नै जोखिममा – Nepal Press

पहिरोले आठबीसको बस्ती नै जोखिममा

सुर्खेत । दैलेखको आठबीस नगरपालिका- ६ सिंहासैनमा पहिरोले बस्ती नै जोखिममा परेको छ । बस्तीका पाँच घर र करिब पाँच सय रोपनी खेतीयोग्य जमिन जोखिममा परेको स्थानीय रामबहादुर विश्वकर्माले बताए ।

‘पहिरोले घरमा बस्नै नसक्ने सक्ने अवस्था छैन । तै पनि कतैबाट राह पाएको छैन’ उनले दुखेसो पोखे, ‘घर बनाएको पाँच महिनामै पहिरोले घरमा बस्न नसक्ने भएपछि बुगाडेमा बसाइ रहेको छु ।’

‘मेरो घरको आँगनमै पहिरो आइसकेको छ । पहिरोले कुन दिन हामी सबैलाई लैजान्छ भन्ने चिन्ता लाग्न थालेको छ’ अर्का पहिरो पीडित छवे विश्वकर्माले भने, ‘कतैबाट पहिरो नियन्त्रणका लागि रकम वा जाली पाए घर जोगाउन सकिन्थ्यो कि !’

पहिरोका कारण स्थानीय कर्णबहादुर विश्वकर्मा, मिमिबहादुर शाही र जगतबहादुर शाहीको घर पूर्णजोखिममा रहेका छन् । पिलर हालेर निर्माण गरिएका घरको पछाडिपट्टिको भाग पूरै भत्किसकेको जगत शाहीले बताए ।

वडा कार्यालयका प्राविधिक भद्रबहादुर शाहीका अनुसार पहिरो नियन्त्रणका लागि कम्तिमा पनि ८० जाली लाग्ने बताए । ‘पहिरोले माथिको बस्ती उच्च जोखिममा छ । त्यसका लागि तलबाटै जाली भर्न आवश्यक छ । जाली भर्न र वृक्षारोपण गर्न सकेको खण्डमा मात्रै उक्त पहिरो रोक्न सकिन्छ ।’

प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पहिरो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *