आफूनिकट सांसदहरूसँग छलफल गर्दै माधव नेपाल – Nepal Press

आफूनिकट सांसदहरूसँग छलफल गर्दै माधव नेपाल

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट सांसदहरूसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरूसँग उनले छलफल गर्न लागेका हुन् ।
छलफल दिउँसो चार बजे बानेश्वरस्थित एक होटलमा हुने एक सांसदले नेपाल प्रेसलाई जानकारी दिए । आगामी रणनीति तयबारे बैठकमा छलफल हुने बताइएको छ ।

सोमबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्न २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आज फेरि बस्न लागेको केन्द्रीय कमिटी बैठले उनीहरूमाथि कारवाही गर्ने ठानिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर