साउने सोमबारको गेटअपमा अनु र दीपिका : कुर्था, मेहेन्दी र उपवास ! – Nepal Press

साउने सोमबारको गेटअपमा अनु र दीपिका : कुर्था, मेहेन्दी र उपवास !

काठमाडौं । साउन महीनालाई भगवान शिवको मनपर्ने महीना पनि भनिन्छ । यो महीना हिन्दू महिलाबीच उपासनाको समय पनि हो । हरियो लगाउने र शिवको पूजा गर्ने महीनाको रुपमा यसलाई लिइन्छ ।

अर्कोतर्फ साउन महीना अभिनेत्रीहरुको लागि हरियो कुर्ता र फेसनमा सजिने छेको पनि हो । महीनाको पहिलो सोमबार अभिनेत्रीहरु कोरोना महामारीकै बीचमा पनि पशुपति लगायतका मन्दिरमा गए र पूजाआरधाना गरे ।

नायिका अनु शाह, दीपिका प्रसाइँ, करिश्मा मानन्धरलाई यसपटक साउन महीना लागेको छ । करिश्माले गतसातादेखि नै मेहेन्दी लगाउन थालेकी थिइन् । अभिनेत्रीहरु हरियो कुर्ता, आउटफिट र मेहेन्दीमा सजिन थालिसकेका छन् ।

फेसन डिजाइनर अवानीसिंह ठकुरीको डिजाइनमा अनुलाई रातो र हरियो कुर्ता तथा हरियो चुरामा देख्न सकिन्छ । अनु केही समयदेखि अभिनेता सविन श्रेष्ठसँगको सम्बन्धमा छिन् ।

अभिनेत्री दीपिका प्रसाइँ पनि पहेँलो कुर्था र हरियो चुरामा गर्जियस देखिएकी छिन् । केही वर्षअघि निर्देशक दिवाकर भट्टराईसँग विहे गरेकी दीपिका फिल्मसँगै पारिवारिक व्यवसायमा पनि उत्तिकै सक्रिय छिन् ।

सूर्य मिथुन राशी भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन शुरु भएको यो महिनामा भक्तजनहरु महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर