बाँके कांग्रेसमा उम्मेदवार छान्न दुवै समूहलाई सकस – Nepal Press

बाँके कांग्रेसमा उम्मेदवार छान्न दुवै समूहलाई सकस

रुपन्देही । लुम्बिनी प्रदेशको बाँके जिल्ला नेपाली कांग्रेसका दुवै समूहको प्रतिष्ठाको जिल्ला बनेको छ । नेपाली कांग्रेसका स्वर्गीय नेता शुशील कोइरालाको गृहजिल्ला बाँकेमा कोइराला समूहले आफ्नो बर्चश्व कायम राख्न चाहन्छ भने सभापति शेरबहाद्ुर देउवा समूहले जसरी पनि यहाँको नेतृत्व आफ्नो कब्जामा लिन चाहेको छ । पार्टीको महाधिवेशन नजिकिएसँगै यहाँ दुवै समूहबाट नेतृत्वका लागि आकांक्षीहरु बढ्दै गएका छन् ।

केन्द्रमा रहेको समूहगत प्रभाव बाँकेमा पनि छ । जिल्ला नेतृत्वका लागि बाँकेमा ७ जनाले आकांक्षा व्यक्त गरेकाले उम्मेदवार छान्न समस्या परेको छ । यहाँ स्व. शुशील कोइरालाकी भाइबुहारी किरण कोइराला जिल्ला सभापति छन् । केहीले अब किरण नदोहोरिने दावी गरेपनि शीर्ष नेताहरु उनैलाई दोहोर्याउने तयारीमा रहेको बुझिएको छ ।

किरणसँगै जिल्ला सभापतिहरुमा निरन्जन सिंजापति, राजकुमार बर्मा, वादशाह कुर्मी, ज्ञानु के.सी, नारायण गौडेल, लक्ष्मीनारायण शाह, हेमन्त कर्माचार्य र सुनिल राणाले रुचि देखाएका छन् ।

यीमध्ये देउवा समूहले राजकुमार बर्मालाई अगाडि सार्ने तयारी गरेको छ । तर निरन्जन सिंजापति, ज्ञानु केसी, हेमन्त कर्माचार्यले पनि आकांक्षा राखेका छन् ।

पौडेल समूहबाट किरण कोइराला, नारायण गौडेल, बादशाह कुर्मी, लक्ष्मीनारायण शाह, सुनिल राणाले नेतृत्वको आकांक्षी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर