नाष्ट सेवा आयोगको अध्यक्षमा खगराज बराल नियुक्त, सचिवबाट राजीनामा – Nepal Press

नाष्ट सेवा आयोगको अध्यक्षमा खगराज बराल नियुक्त, सचिवबाट राजीनामा

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) सेवा आयोगको अध्यक्षमा खगराज बराल नियुक्त भएका छन् । एक वर्षदेखि रिक्त रहेको आयोगको अध्यक्षमा नाष्टका कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बराललाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

बराललाई ओलीले नाष्टको अध्यक्षमा नियुक्त गरेपछि उनले नेपाल सरकारको सचिवबाट राजीनामा दिएका छन् । आउँदो साउन २६ गते अनिवार्य अवकाश हुन लागेका बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको जिम्मेवारीमा थिए ।

नाष्ट सेवा आयोगलाई प्रज्ञा प्रतिष्ठानमा कर्मचारीको स्थायी नियुक्ति र बढुवाको सिफारीस गर्ने अधिकार दिइएको छ । लोकसेवा आयोगको अध्यक्षले तोकेको एकजना सदस्य, प्राज्ञमध्ये कुलपतिबाट मनोनीत एकजना प्राज्ञ सदस्य रहने व्यवस्था छ भने प्रज्ञा प्रतिष्ठानको सचिव सदस्य–सचिव रहने व्यवस्था छ । सेवा आयोगका अध्यक्ष र मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ र उनीहरुलाई अर्को एक पटक पुनः नियुक्त गर्न पनि सकिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *