कोइराला निवासमा पौडेल पक्षको बैठक सुरू – Nepal Press

कोइराला निवासमा पौडेल पक्षको बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक महामन्त्री डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा सुरू भएको छ ।

क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, महाधिवेशन कार्यतालिका कार्यान्वयन र भावी नेतृत्वबारे बैठकमा छलफल हुने बताइएको छ ।

सो समूहबाट पौडेलसहित महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापति पदको आकांक्षी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर