कालीकोटमा कर्णालीका मुख्यमन्त्री शाहीलाई कालोझण्डा – Nepal Press

कालीकोटमा कर्णालीका मुख्यमन्त्री शाहीलाई कालोझण्डा

सुर्खेत । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाहीलाई कालोझण्डा देखाएर विरोध गरेका छन् ।

स्थानीय तहको बजेटसभामा सहभागी हुन कालीकोट पुगेका मुख्मन्त्री र मन्त्रीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएर विरोध गरेका हुन् ।

सरकारी बजेटको दुरुपयोग गरी हेलिकप्टर चढेर जिल्ला आएको भन्दै विद्यार्थी विरोधमा उत्रिएका हुन् ।

विरोध प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीसँगको सामान्य झडपमा दुई प्रदर्शनकारी घाइते भएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर