राससका महाप्रबन्धकमा राई नियुक्त – Nepal Press

राससका महाप्रबन्धकमा राई नियुक्त

राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारप्रविधि मन्त्रालयले जनाएको छ ।

धनकुटा, शहीदभूमि गाउँपालिका वडा नं ३ निवासी राईले २०५५ सालदेखि धरानबाट निस्कने न्यूज टाइम्स साप्ताहिकबाट पत्रकारिता शुरु गरेका थिए । लामो समय धनकुटामा रही मोफसल र त्यसपछि केन्द्रमा रहेर उनले पत्रकारिता गरेका थिए ।

उनले केन्द्रबाट निस्कने नेपाल समाचारपत्र राष्ट्रिय दैनिक हुँदै नागरिक दैनिकमा काम गरेका छन् । नागरिक दैनिकमा जिल्ला ब्युरो रहेका उनी देखापढी डटकममा सम्पादकका रुपमा काम गरेका थिए । आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर राई नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर