देउवा निवासमा विपक्षी गठबन्धनको बैठक, माधव नेपाललाई ओलीसँग नमिल्न दबाब – Nepal Press

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक, माधव नेपाललाई ओलीसँग नमिल्न दबाब

काठमाडौं । सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लडिरहेको विपक्षी गठबन्धनको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ ।

सर्वोच्च अदालतमा असार ९ देखि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई शुरु हुन लागेका बेला विपक्षी गठबन्धनको थप रणनीति बनाउन कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

एमालेभित्र एकता कायम हुन लागेपछि यसबीचमा गठबन्धनका शीर्ष नेताहरु माधव नेपाल निवासमा समेत भेला भएका थिए । नेपालले गठबन्धनलाई धोका दिएर केपी ओलीसँग नमिल्ने वचन दिएका छन् ।

माधव पक्षकै दोस्रो तहका नेताहरु पार्टीलाई जेठ २ मा फर्काउन ओली तयार भएको अवस्थामा एमाले एकता कायम गर्न लागिरहेका बेला नेपालमाथि गठबन्धन नतोड्न दबाब छ ।

साँझ साँढे ५ बजेदेखि शुरु भएको छलफलमा कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् ।

बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी रहेको स्रोतले जनाएको छ । त्यस्तै माधव नेपाल र भीम रावल पनि सो छलफलमा सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *