महासेठलाई जयशंकरको बधाई, खोप आपूर्तिबारे भारतीय राजदूतसँग छलफल – Nepal Press

महासेठलाई जयशंकरको बधाई, खोप आपूर्तिबारे भारतीय राजदूतसँग छलफल

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त नेपाली समकक्षी रघुवीर महासेठलाई बधाइ सन्देश दिएका छन् ।

जयशंकरको बधाइ सन्देश लिएर भारतीय राजदूत विनयमोहन क्वात्रा बुधबार दिउँसो परराष्ट्र मन्त्रालय सिंहदरबार पुगेका थिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री महासेठ र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता समेत भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा खोप आयात र कोभिड–१९ महामारीविरुद्ध मिलेर लड्ने विषयमा छलफल भएको जनाइएको छ ।

नेपालमा मन्त्रिमण्डल पुनर्गठन भएर महासेठले परराष्ट्र मन्त्रालय सम्हालेको र भुक्तानी लिएर पनि भारतले खोप आपूर्ति नगरेको पृष्ठभूमिमा महासेठ र क्वात्राबीच भेटवार्ता भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर