मिडिया हेल्प फाउण्डेसनमार्फत पत्रकारलाई ‘डक्टर एट होम’को सहयोग – Nepal Press

मिडिया हेल्प फाउण्डेसनमार्फत पत्रकारलाई ‘डक्टर एट होम’को सहयोग

काठमाडौं । कोरोना कहरको समयमा पनि निरन्तर समाचार संप्रेषणमा सक्रिय पत्रकारहरुलाई ‘डक्टर एट होम’ले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ ।

‘संकटमा संगसंगै’ भन्ने नारासहित मिडिया हेल्प फाउण्डेसनले थालेको अभियानका लागि ‘डक्टर एट होम’का तर्फबाट प्रबन्ध निर्देशक क्षितिज मुनंकमी र ग्रेस जोशीले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका हुन् । पत्रकारहरुलाई वितरण गर्न फाउण्डेसनलाई उपलब्ध गराइएको स्वास्थ्य सामाग्रीहरुमा सर्जिकल मास्क, स्यानिटाइजर, फेस शिल्ड, पिपिई र हेल्थ गाउन लगायत रहेका छन् ।

हरेक नागरिकको घरदैलोमै चिकित्सकीय सेवा पुर्याउने उद्देश्यका साथ सुरु भएको ‘डक्टर एट होम’ले अनलाइन र फोन कलको आधारमा चिकित्सकीय सेवा उपलब्ध गराउँदै आएको छ । ‘डक्टर एट होम’ले उपलब्ध गराएको अत्यावश्यक स्वास्थ्य सामाग्री मिडिया हेल्प फाउण्डेसनमार्फत पत्रकारहरुलाई हस्तान्तरण गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *