युएईद्वारा नेपाललाई डेढसय भेन्टिलेटरसहितको स्वास्थ्य सहायता प्रदान – Nepal Press

युएईद्वारा नेपाललाई डेढसय भेन्टिलेटरसहितको स्वास्थ्य सहायता प्रदान

काठमाडौं । संयुक्त अरब एमिरेट्स (युएई)ले नेपाललाई कोरोनाभाइरस महामारीविरुद्ध स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।

बुधबार विहान विशेष विमानबाट ती स्वास्थ्य सामग्री काठमाडौं विमानस्थलमा ल्याइएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार युएईले उपलब्ध गराएका सामग्रीमा १५० भेन्टिलेटर, १५० ट्रली, ३ लाख १८ हजार ६०० मास्क, ९००० कभरअल, १५,००० गाउन र २० हजार गगल्स समावेश छन् ।

स्वास्थ्य मन्त्रालयका प्रतिनिधिलाई ती सामग्री हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर