पाल्पामा जेठ २४ गतेसम्म थपियो निषेधाज्ञा – Nepal Press

पाल्पामा जेठ २४ गतेसम्म थपियो निषेधाज्ञा

रुपन्देही । जिल्ला कोभिड व्यबस्थापन समिति पाल्पाले जेठ २४ गतेसम्म निषेधाज्ञा थपेको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति बैठकले चौथो पटक जेठ २४ गतेसम्म निषेधाज्ञा बढाएको हो । पाल्पामा बैशाख १७ गतेदेखि निषेधाज्ञा लागू भएको छ ।

निषेधाज्ञाको समय अवधिभर अत्यावश्यक बाहेकका सबै खालको सरकारी तथा निजी सवारी साधन चलाउन रोकिएको छ । सो अवधिमा एम्वुलेन्स, प्रेस, शवबाहन, प्रहरी प्रशासन तथा अत्यावश्यक सरकारी साधन मात्र संचालन गर्ने निर्यण समितिले गरेको छ ।

बैठकले अस्पताल, मेडिकल, तथा स्वास्थ्य संस्थाहरु २४ सै घण्टा संचालन गर्ने, सबै सरकारी, गैरसरकारी, बैक वित्तीय संस्था जेठ २४ गतेसम्म बन्द गर्ने, खाद्यान्न दुध, तरकारी, किराना पसल, विहान ७ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

कोरोना संक्रमण दर घटाउन निषेधाज्ञा जारी भएपनि पाल्पामा हाल १,३३१ जना सक्रिय संक्रमित रहेका छन् । १,२६८ जना होम आइसोलेसनमा छन् भने विभिन्न पालिकाहरुको आइसोलेसन तथा अस्पतालमा ६३ जनाको उपचार भइरहेको छ । पाल्पामा हालसम्म ८५ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *