मास्कको कालोबजारी गर्ने फार्मेसी संचालक पक्राउ – Nepal Press

मास्कको कालोबजारी गर्ने फार्मेसी संचालक पक्राउ

मोरङ । मास्कको कालोबजारी गरेको आरोपमा फार्सेसी संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अधिकारी फार्मेसीका संचालक विराटनगर महानगरपालिका- ९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारी रहेको छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले सोही महानगरपालिका ७ कोशी अस्पताल अगाडि संचालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका ७ बस्ने ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा बिक्री गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले १ थान सिलिकन फूल फेस मास्कसहित उनलाई फार्मेसीबाटै पक्राउ गरेको हो ।
उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *