पर्यटन मन्त्रालयले भन्यो – विमान कम्पनीले बढी भाडा लिए खबर गर्नुस्, कारवाही गर्छौं – Nepal Press

पर्यटन मन्त्रालयले भन्यो – विमान कम्पनीले बढी भाडा लिए खबर गर्नुस्, कारवाही गर्छौं

काठमाडौं । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै विमान कम्पनीले यात्रुबाट चर्को भाडा असुलेको समचारप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण नेपालमा अलपत्र पर्यटक तथा कूटनीति क्षेत्रमा नागरिकलाई गन्तव्यसम्म पुर्‍याउन सम्बन्धित दूतावासको सिफारिसमा मन्त्रालयले सहजीकरणमात्रै गरेको जनाएको छ ।

मन्त्रालयले एयरलाइन्सले टिकेटिङ्गमा अनियमितता गरेको भए मन्त्रालय वा नागरिक उड्डयन प्राधिकरणको इमेलमा सम्पर्क गर्न आग्रह गर्दै यात्रुबाट बढी भाडा लिएको पाइए त्यस्ता व्याक्ति वा संस्थालाई कारवाही गर्ने स्पष्ट पारेको छ ।

महामारीमा अन्तर्राष्ट्रिय जगतालाई नै भ्रम पार्ने किसिमले सत्य तथ्य नबुझी समाचार आएकोप्रति गुनासो गर्दै त्यस्तो नगर्न मन्त्रालयको अनुरोध छ । नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै यहाँ रहेका यूरोप, अमेरिका, रुस, चीनलगायत देशका पर्यटक तथा कूटनीतिक नियोगका कर्मचारी आफ्नो मुलुक फर्किरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर