चीनले खुला गर्‍यो सगरमाथा आरोहण, नेपालतर्फबाट चढ्नेसँग नभेट्न निर्देशन – Nepal Press

चीनले खुला गर्‍यो सगरमाथा आरोहण, नेपालतर्फबाट चढ्नेसँग नभेट्न निर्देशन

काठमाडौं । चीनले पनि आफ्नो भूमिबाट सगरमाथा आरोहण खुला गरेको छ । कोरोनाभाइरस महामारीको कारण गतवर्ष बन्द गरिएको आरोहण आइतबारदेखि पुनः खुला गरिएको चिनियाँ संचारमाध्यमले जनाएका छन् ।

चीनले एभरेस्ट आरोहण खुला गरेलगत्तै २१ जना चिनियाँ आरोही त्यसतर्फ प्रस्थान गरेको सिन्ह्वाले जनाएको छ ।

भाइरस संक्रमणबाट जोगिनको लागि सामाजिक दूरी लगायतका नियम लागु गर्ने निर्णय गर्दै चीनले आरोहण खुला गरेको हो ।

गतवर्ष महामारी सुरु भएको कारण नेपाल र चीन दुबै देशले आरोहणमा रोक लगाएका थिए । नेपालले यसवर्षको सिजन सुरु गरेसँगै चीनले पनि आरोहण खुला गरेको हो ।

सोमबारसम्म ३८ जनाले चिनियाँ मोहडाबाट चोमोलोङ्मा (सगरमाथा) आरोहणको अनुमति लिएका छन् । चिनियाँ मोहडाबाट चढ्ने अनुमति लिन पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट बुझाउनुपर्ने नियम छ ।

चीनबाट जाने आरोहीलाई सरकारले तापक्रम मापन गर्ने, अक्सिजन, मास्कर उपलब्ध गराउने र निसंक्रमित तुल्याउने निर्णय पनि गरेको छ । चीनबाट चढ्न जानेलाई नेपालको मोहडा हुँदै चढ्नेसँग भेट नगर्न समेत भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर