त्रिभुवन विमानस्थलमा नेपाल छाड्नेहरुको भीड – Nepal Press
त्रिभुवन विमानस्थलमा नेपाल छाड्नेहरुको भीड
फाेटाे फिचर
विजय गजमेर २०७८ वैशाख २१ गते १६:५६
२०७८ वैशाख २१ गते १६:५६

काठमाडाै‌ । सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भीड बढेको छ । नेपाल सरकार मन्त्रिपरिषद्ले सोमबार बसेको बैठकले २२ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ ।

निषेधाज्ञा जारी हुनुपूर्व दैनिक १० देखि १५ वटा अन्तराष्ट्रिय उडान भएकोमा अहिले निषेधाज्ञापछि दैनिक १८ देखि २० वटा उडान भएको नागरिक उड्डयन प्राधिकरणका प्रवत्ता राजकुमार क्षेत्रीले बताए । उनका अनुसार अहिले २६ सयदेखि ३ हजारसम्म यात्रुले हवाई यात्रा गरिरहेको उनको भनाइ छ । यो भन्दा अघि भारतबाट ट्रान्जिटका लागि यात्रुका कारण दैनिक बढीमा २४ सयसम्म यात्रुले हवाई यात्रा गरेका उनले बताए । तर, ट्रान्जिटका लागि आउने भारतीय नागरिकलाई सरकारले बन्द गरेसँगै हवाई यात्रु घटेका थिए । तर, अहिले वैदेशिक रोजगारका लागि जाने नेपाली कामदार, कूटनीति क्षेत्रका व्याक्ति, र संस्थागत रुपमा जाने यात्रुका कारण अन्तराष्ट्रिय उडानमा यात्रु बढेको क्षेत्री बताउँछन् ।